.

मधेश सरकारको समीकरणबारे गुण्डुमा ओली-यादव छलफल

बुधबार , २० साउन,

 

मधेश प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा छलफल भएको छ।

स्रोतका अनुसार संघीय स्तरमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य टुटेपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनाबारे दुई नेताबीच कुराकानी भएको हो।

६ वटै प्रदेशमा एमाले र नेकपा अन्य दलसँग मिलेर सरकार बनाउन थालिसकेको छ भने मधेश अझै अन्यौल छ।

सो क्रममा ओलीले मधेशमा नयाँ सत्ता समीकरण बनाउन जसपा नेपालको साथ र सहयोग मागेको बताइएको छ।

हाल मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको छ, जसमा एमाले र नेकपा समेत सहभागी छन्।

स्रोतका अनुसार नयाँ सरकार गठनका लागि एमालेलाई जसपा नेपालको समर्थन निर्णायक हुने आकलन गर्दै ओलीले अध्यक्ष यादवसँग राजनीतिक सहकार्यका विषयमा छलफल गरेका हुन्।

प्रतिकृया दिनुहोस