.

 लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एन.पी.एल.को फाइनलमा प्रवेश

काठमान्डौ, १ मंसिर ।  सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग एन.पी.एल.को फाइनलमा प्रवेश गरेको छ 

 

त्रि.वि. क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । जीतसँगै लुम्बिनी लगातार दोस्रो पटक एन.पी.एल. को फाइनलमा पुगेको छ। पराजित सुदूरपश्चिमको भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर छ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

 

यसैबिच, एलिमिनेटरमा भोलि काठमान्डौ गोर्खाज र चितवन राइनोजबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिकृया दिनुहोस
↑