.

नेपाली कांग्रेसको महाधिवेशनमा शीर्ष नेताहरु सहभागी

काठमान्डौ, १८ असोज ।    नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमान्डौको खुलामञ्चमा शुरू भएको छ । 

 

सभापति गगन कुमार थापाले पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गर्नुभयो । महाधिवेशन उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ । समारोहमा लामिछानेसहित नेपाली कम्युनिस्ट पार्टी ने.क.पा.का संयोजक पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, ने.क.पा. एमालेका महासचिव शङ्कर पोखरेल लगायतका नेता सहभागी हुनुहुन्छ । 

 

आउँदो बिहीवार असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झन्डै ७ हजार ७०० जना प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलो पटक यति ठूलो सङ्ख्यामा प्रतिनिधिले भाग लिइरहेका छन् । उद्घाटन सत्रसँगै बन्दसत्र पनि खुलामञ्चमै हुनेछ ।

प्रतिकृया दिनुहोस
↑