निर्वाचन अघि कुनै पनि दलसँग गठबन्धन नगर्नेः नेपाली कांग्रेसका सभापति थापा
काठमान्डौ, १८ असोज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गर्नु भएको छ ।
पार्टीको १५ औं महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । प्रतिवेदनमा आफ्नै रुख चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डासहित जनतामाझ जाने तथा उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ।
उम्मेदवार छनोटमा प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने तथा अधिवेशन वा उम्मेदवारी प्रभावित पार्न अन्तिम समयमा सदस्यताका नियम परिवर्तन नगर्ने प्रतिबद्धता गरिएको छ ।

प्रतिकृया दिनुहोस