ज.स.पा. नेपालका ४ जना नेताले दिए सामूहिक राजीनामा
काठमान्डौ, १८ असोज । उपेन्द्र यादव नेतृत्वको ज.स.पा.नेपालका ४ जना नेताले सामूहिक राजीनामा दिएका छन् ।
पूर्वसङ्घीय सांसद इन्दु कुमारी शर्मासहित चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा शर्मासहित जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र पार्टीका युवा नेता पुष्पराज चमनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । उनीहरूले मधेशको वैकल्पिक शक्तिको रूपमा घोषणा भएको ‘हुंकार मधेश’ अभियानमा लाग्ने जानकारी समेत गराएका छन् ।
असोज ९ गते औपचारिक रूपमा घोषणा भएको यो अभियानले सय दिने मेची महाकाली हुलाकी पुनर्जागरण यात्रा प्रारम्भ गर्दै छ ।

प्रतिकृया दिनुहोस