सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, अन्य ३ जना बेपत्ता
काठमान्डौ, ८ कार्तिक । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
यस्तै तीन जना बेपत्ता भएका छन् । आज दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीमा सप्तकोसी नदीमा मोटरबोट दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनु भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो । मोटरबोटमा १४ जना सवार रहेका थिए । दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोर सहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डि. एम. सहित छ जना र विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डि.एम.सहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिकृया दिनुहोस