.

बैतडीमा गयो ४.२ म्याग्निच्युडको भूकम्प 

काठमान्डौ, ८ कार्तिक ।     बैतडीमा भूकम्प गएको छ । बैतडीको ऐरी गाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । 

 

आज दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

 

भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरी गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिकृया दिनुहोस
↑