नेपाल प्रिमियर लिग एन.पी.एल.को विजेताले १ करोड ५० लाख रुपैँया पाउने
काठमान्डौ, ८ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एन.पी.एल.को विजेताले १ करोड ५० लाख रुपैँया पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज पत्रकार सम्मेलन मार्फत पुरस्कार राशीको घोषणा गरेको हो । यस्तै, उपविजेताले ८० लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । चौंथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कार दिइने भएको छ । उसले ३० लाख प्राप्त गर्नेछ । ८ वटा टीम सहभागी प्रतियोगिता भोलि सोमबारदेखि सुरु हुँदैछ ।
यसैबिच, पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

प्रतिकृया दिनुहोस