.

नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खला नहुने, नयाँ तालिका छिट्टै सार्वजनिक गरिने

काठमान्डौ,  ५ कार्तिक  ।     नेपाल र भारत ‘ए’ बिच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला नहुने भएको छ । 


नेपालमा आई.सी.सी. पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएपछि दुई टोलीबिचको शृङ्खला स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

 

डिसेम्बर ४ देखि २१ सम्म काठमान्डौमा हुने छनोट प्लेअफका कारण प्रभावित बनेको शृङ्खलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड बी.सी.सी.आई. र क्यान बिचको सहमतिमा तय गरी सार्वजनिक गरिने क्यानले जनाएको छ ।  

प्रतिकृया दिनुहोस
↑