.

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आज बाट सुरु हुँदै

सोमबार, ९ कार्तिक

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आज देखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको आयोजकले खेल सुरु हुने समय संशोधन गरेअनुसार उद्घाटन खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। सुरुमा सार्वजनिक गरिएको तालिकामा खेल अपराह्न ४ः३० बजेका लागि तय गरिएको भए पनि समय आधा घण्टा पछि सारिएको हो। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको यस खेलसँगै तेस्रो संस्करणको एनपीएल यात्रा सुरु हुनेछ। प्रतियोगितामा नेपालका आठ फ्रेन्चाइज टोली सहभागी छन्। यस सिजनका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २१ अर्थात् मंसिर ५ गते हुने तालिका छ।

प्रतिकृया दिनुहोस
↑