अमेरिकी राष्ट्रपति ट्रम्प, सी र पुटिनबीच आज ऐतिहासिक भेटवार्ता हुँदै
काठमान्डौ, ३ मंसिर । एशिया–प्रशान्त आर्थिक सहयोग एपेक शिखर सम्मेलनमा सहभागी हुन चीन पुग्नु भएका ट्रम्पको भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण रूपमा हेरिएको छ ।
उहाँले आज चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐतिहासिक त्रिपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच हुन लागेको यो पहिलो त्रिपक्षीय शिखर बैठक हो । विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका नेताहरू एकै ठाउँमा बसेर विश्व सुरक्षा, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय द्वन्द्वका विषयमा छलफल गर्न लागेका हुन् । ट्रम्प सेन्जेन पुग्दा हिजो चिनियाँ राष्ट्रपति सी आफैँ विमानस्थल पुगेर स्वागत गर्नुभएको थियो ।
आज ट्रम्प र पुटिनबीच छुट्टै भेटवार्ताको तयारी समेत भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन् । त्यसपछि सी, ट्रम्प र पुटिनबीच त्रिपक्षीय छलफल हुनेछ । अन्तर्राष्ट्रिय समुदायले यो बैठकलाई चासोका साथ हेरिरहेको छ ।

प्रतिकृया दिनुहोस