.

रोहिंग्या प्रकरणमा अन्तर्राष्ट्रिय अदालतले आज फैसला सुनाउदै

काठमान्डौ, ३ मंसिर ।   म्यानमारले रोहिंग्या मुस्लिम अल्पसंख्यकमाथि नरसंहार गरेको आरोपसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय न्यायालय आई.सी.जे. ले फैसला सुनाउन सुरु गरेको छ । 

 

नेदरल्यान्ड्सको हेगस्थित संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतमा यसको सुनुवाई भइरहेको छ । बहुसंख्यक न्यायाधीशले म्यानमार सरकारले रोहिंग्यामाथि सामुहिक नरसंहार मच्चाएको टिप्पणी गरेका छन् । तथापि फैसला आइसकेको छैन । बी.बी.सी.का अनुसार बंगलादेशमा रहेका रोहिंग्या शरणार्थी शिविरमा अदालतको फैसलाको प्रत्यक्ष प्रसारण हेर्न र निर्णयबारे जानकारी लिन शरणार्थीहरू जम्मा भएका छन्। दशकौंदेखि विस्थापन र हिंसा भोगिरहेका रोहिंग्याका लागि यो फैसला न्यायको आशासँग जोडिएको छ । 

 

म्यानमारको सेनाले सन् २०१६ र २०१७ मा रोहिंग्या समुदायविरुद्ध गरेको सैन्य कारबाहीमा हजारौं मानिस मारिएको आरोप छ । उक्त हिंसापछि ७ लाखभन्दा बढी रोहिंग्या आफ्नो घर छाडेर छिमेकी देश बंगलादेशमा शरण लिन बाध्य भएका थिए। तीमध्ये कतिपय नेपालमा पनि छन् ।

प्रतिकृया दिनुहोस
↑