अमेरिकी राष्ट्रपति ट्रम्पले बढाएको एच–वान बी भिसा शुल्कमा अदालतको रोक
काठमान्डौ, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ एच–वान बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।
क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश हेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनुभएको रोयटर्सले जनाएको छ । यसअघि पनि बोस्टनको एक सङ्घीय अदालतले २० वटा राज्यले दायर गरेको मुद्दामा यही शुल्कमाथि अस्थायी रोक लगाएको थियो । एच–वान बी भिसा अमेरिकी रोजगारदाताले विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्ने कार्यक्रम हो ।
विशेषगरी प्रविधि क्षेत्रमा यो भिसाको व्यापक प्रयोग हुँदै आएको छ । ट्रम्प प्रशासनले अमेरिकी कामदारको संरक्षण र एच–वान बी कार्यक्रमको दुरुपयोग रोक्ने भन्दै शुल्क बढाएको थियो ।

प्रतिकृया दिनुहोस