.

नोबेल पुरस्कारको सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति ट्रम्पदेखि क्यानडाका प्रधानमन्त्री मार्क कार्नी सम्म 

काठमान्डौ, १६ असोज ।   यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपत्कालीन राहतकर्मी, युक्रेनका बालअधिकार अभियन्तासहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म चर्चामा रहेको छ ।  

 

यस वर्ष यो पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ तारिख अर्थात् आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ । शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला अन्तरिक्ष स्टेसन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ ।  

 

सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स पनि छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ ।   

प्रतिकृया दिनुहोस
↑