.

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालयहरु प्रभावित 

काठमान्डौ, १८ असोज ।     फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । 

 

केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरेका छन् । सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ । सरकारले वामपन्थी राजनीतिक समूहले आन्दोलनलाई थप उक्साएको आरोपसमेत लगाएको छ। विपक्षी पक्षले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । गृह मन्त्रालयका अनुसार ५ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन्। शिक्षा मन्त्रालयका अनुसार शुक्रबार मात्रै करिब ७३५ शैक्षिक संस्था प्रदर्शनबाट प्रभावित भएका थिए ।


 

आगामी मंगलबार पर्सि थप ठूलो प्रदर्शनको तयारी भइरहेको बताइएको छ । प्रदर्शनमा मुख्यतः १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी सहभागी छन् । 

प्रतिकृया दिनुहोस
↑