बेलायतमा कोभिडका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै
काठमान्डौ, १७ असोज । बेलायतमा एक हप्तामा कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले बढेको छ ।
‘स्ट्र्याटस’ भनेर चिनिने ‘एक्स एफजी’ भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा धेरै प्रभावित भएको ‘टाइम्स नाउ’ ले जनाएको छ । विभिन्न सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार बेलायतको ‘हेल्थ सेक्युरिटी एजेन्सी’ को नयाँ तथ्याङ्कले प्रति १ लाख जनसङ्ख्यामा अस्पताल भर्ना हुने साप्ताहिक दर ०.८१ बाट बढेर १.२० पुगेको देखाएको छ । यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात् ७९ प्रतिशतको वृद्धि देखिएको छ । ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन् । ८५ वर्षभन्दा माथिका मानिसहरूमा अस्पताल भर्ना हुने दर प्रति १ लाखमा ७.०८ बाट बढेर १२.४३ पुगेको छ ।
यसैबीच अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या तथ्याङ्कले देखाएको भन्दा धेरै हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस