.

सरकार विरुद्ध आन्दोलनको तयारी गर्न ने.क.पा. एमालेका अध्यक्ष ओलीको नेता तथा कार्यकर्तालाई निर्देशन

काठमान्डौ, २ मंसिर ।  ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ । 

 

मंगलबार काठमान्डौमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै वेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकता बनाउन निर्देशन दिनुभएको हो । 

 

उहाँले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने तर्क गर्नुभयो । अध्यक्ष ओलीले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने समेत बताउनु भयो ।

प्रतिकृया दिनुहोस
↑