ने.क.पा. एमालेमाथि प्रहार नरोकिए लाखौँ कार्यकर्ता सडकमा उतार्नेः एमालेका अध्यक्ष ओली
काठमान्डौ, ३ मंसिर । ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिनभएको छ ।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकारले जुनसुकै बेलामा प्रतिसोध राखेर पक्राउ गर्नसक्ने बताउनु भयो । उहाँले यसअघि आफू पक्राउ गर्दा हजारौँको सङ्ख्यामा सडकमा निस्किएको भएपनि अब प्रतिसोध साँध्न खोजे हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा आउनुपर्ने बताउनु भयो ।
उहाँले के सडकमा शान्तिपूर्ण ढङ्गले निस्किन नपाइने हो ? भन्दै प्रश्न गर्नभयो । शान्तिपूर्ण ढङ्गले सडकमा उत्रिँदा पनि दमन गरे अब एमाले चुप लागेर नबस्ने समेत उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस