.

एउटा हारले राजनीतिक भविष्य निर्धारण नगर्ने ने.क.पा. एमालेकी वरिष्ठ नेता भण्डारीको भनाइ 

काठमान्डौ, ३  मंसिर ।   ने.क.पा. एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा चुनावको हारले राजनीतिक भविष्य निर्धारण नगर्ने बताउनुभएको छ ।

 

११ वर्षपछि पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुभएकी भण्डारीले गएको फागुन २१ गतेको चुनावको धक्का अस्थायी भएको बताउनुभएको हो । काठमान्डौको बबरमहलमा चलिरहेको भेलाको दोस्रो दिन अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निराश भएर नबसी, हारबाट पाठ सिकेर आउँदो पालिका लगायतका चुनावमा केन्द्रित हुन आह्वान गर्नुभयो । सक्रिय राजनीतिमा आफ्नो पुनरागमन व्यक्तिगत पद र अवसरका लागि नभई पार्टीको वैचारिक विकास र सुदृढीकरणका लागि भएको उहाँको जिकिर छ । राज्यका अङ्गहरूबीचको शक्ति सन्तुलन बिग्रँदा देश अस्थिरतातिर धकेलिन सक्ने भन्दै उहाँले चिन्ता प्रकट गर्नुभयो । 

 

यसैबीच, एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार भोलि जनप्रतिनिधिको भेला र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिए पनि एमालेले आजै दिउँसो ३ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

प्रतिकृया दिनुहोस
↑