अझै टुङ्गिएन प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तालिका
काठमान्डौ, २ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तालिका अझै टुंगिएको छैन ।
भ्रमण तालिका टुङ्ग्याउनका लागि नेपाल र भारतका अधिकारीहरूबिच छलफल भइरहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । तालिका निश्चित भएपछि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनभयो । भ्रमणको तालिका निश्चित गर्न आज पनि दुई पक्षीय भेटवार्ता भइरहेका छन् । भ्रमण तालिकाका बारेमा नेपालस्थित भारतीय राजदूत सुधाकर दलेलाले आज प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबार पुगेर भेटवार्ता गर्नभएको थियो । तालिका निश्चित भएपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सचिव अमृत राईले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने तयारी रहेको छ । तर, शुक्रबार कतिबेला पत्रकार सम्मेलन गर्ने भन्ने निश्चित भइरहेको छैन ।
यसैबिच, प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि मङ्सिर ६ गते भारत प्रस्थान गर्ने विषय बाहिर आएको छ । उहाँ मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम भएको पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस